६ कार्तिक २०८१, मंगलवार

बाल ज्योति कोहलपुरका विद्यार्थी र सांसद ढकाल आमने सामने

नयाँ शिक्षा सम्वन्धि कानुन वनेमा नेपालमा शिक्षा क्षेत्रमा नयाँ आयाम थपिने

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:बाँकेको कोहलपुरमा रहेको बाल ज्योति माध्यामिक विद्यालयमा अध्यनरत विद्यार्थी र बाँके क्षेत्र नं. १ का मानिय सांसद सुर्य ढकालविच आज मंगलवार आमने सामनेका साथ सवाल जवाफ भएको छ । विद्यालयको आयोजनामा विधेयक निर्माण, शिक्षा तथा विकासका सवालहरुमा विद्यार्थीहरुले प्रश्नका बर्षाहरु गरेपछि सांसद ढकालले करिव दुई घण्टा लगाएर विद्यार्थीहरुका जिज्ञाशा मेटाएका थिए ।

विद्यार्थीहरु  अपिल लम्साल, एकदेव गिरी, आयुशा काफ्ले, सचिन चालिसे, एलिना सिंह ठकुरी, संगमवावु आरसि, सोनी हमाल लगाएतले सांसद ढकाल समक्ष नेपालको राजनिती, भ्रष्टारका सवाल, विकास निर्माण, शिक्षा स्वास्थ्य तथा नेपालको संविधान र निर्वाचन प्रक्रियाका बारे १८ प्रश्न सांसद ढकालसामु प्रस्तुत गरेका थिए ।

विद्यार्थी संगमवावु आरसिले कर्णालि काठमाण्डौ हुन सकेको छैन नेताहरु नेपाललाई स्विजरल्याण्ड बनाउने सपना किन बाँडिरहेका छन भन्ने सवाल राखेपछि सांसद ढकालले बिभिन्न विकसित मुलुकहरुले संबृद्धि यात्रा तय गर्नलाई ५० औं बर्ष लागेको उदाहरण दिंदै हरेक ब्यक्ति, जनता र नेताहरु प्रतिबद्ध हुने हो भने नेपाल पनि अन्य विकसित देश जस्तै बन्नेमा जोड दिए ।

नेपालको ईतिहास देखि वर्तमान सम्म भएका विभिन्न राजनैतिक घटनाक्रम र नयाँ बनेको संविधानका सवालहरुमा सांसद ढकालले विद्यार्थीहरुलाई प्रष्ट पार्दै स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारका काम कर्तब्य र अधिकारकावारे समेत प्रष्ट्याएका थिए ।
शुन्य सहनशिलता र भ्रष्टाचारलाई न्युनिकरण गर्न तमाम कानुन भएपनि भ्रष्टाचारले प्रसय पाईरहेको उल्लेख गरेका माननिय सांसद ढकालले देशभर भएका निर्वाचन क्षेत्र, पालिका तथा वडाहरु र जनप्रतिनिधि निर्वाचित हुने प्रक्रियाहरुवारे चर्चा गर्दै विद्यार्थीका जिज्ञाशाहरु मेटाउने प्रयास गरेका थिए ।

२०२८ सालको शिक्षा ऐनमा रहेको कानुन वमोजिम अहिले सम्म सोहि कानुनवाट शिक्षा क्षेत्र चलिरहेको उल्लेख गर्दै समय, काल सुहाउँदो शिक्षा ऐन वनाउन शिक्षा विधेयक तयार भई छलफल भईरहेको उल्ले गर्दै नेपालमा एक विधेयक पास गर्न लामो प्रक्रिया पार गर्नुपर्ने झण्झटिलो नियम भएका कारण बिधेयक अझैं पास हुन नसकेको वताए । नयाँ शिक्षा सम्वन्धि कानुन वनेमा नेपालमा शिक्षा क्षेत्रमा नयाँ आयाम थपिने ढकालको विश्वास रहेको छ ।

सांसदहरुले कानुन निर्माण गर्न सघाउने हो तर हाम्रो समाजले विकास निर्माण ल्याउन सकेन भनेर गर्ने गुनासाहरुले एक सांसद फाईल वोकेर मन्त्रालय तथा योजना आयोगहरुमा धाउनुपर्ने वाध्यात्म परिस्थिती रहेको चर्चा गरेका सांसद ढकालले बहुमतको अंक गणितले सरकारहरु स्थिर हुन नसक्दा त्यस्को प्रत्यक्ष मारमा जनता परेको वताए । उनले कुनै एक दलको प्रधानमन्त्रिले निरन्तर ५ बर्ष सरकार चलाउन नसक्ने परिस्थितीले देश नै अस्थिर उन्मुख भएको उल्लेख गर्दै विद्यार्थीका तमाम सवालहरुको जवाफ दिए ।

विद्यालयका प्रिन्सिपल दामोदर पौडेलको अध्यक्षतामा आयोजित सांसद ढकाल र बाल ज्योति मा.वि.का विद्यार्थीबिच बिधेयक निर्माण , शिक्षा तथा विकास सम्वन्धित अन्तरक्रिया कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका सदस्य मधुसुदन न्यौपाने, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश सदस्य सरला सुवेदी, प्रेस चौतारी कोहलपुर नगर कमिटि अध्यक्ष प्रमोद रिजाल, नेकपा एमाले कोहलपुर वडा नं. ११ वडा कमिटिका अध्यक्ष शालिकराम लम्साल, पत्रकारहरु रविन्द्र सिंह ठकुरी, गणेश रावत लगाएतको उपस्थिती रहेको थियो ।

सामाजिक बिषयको पाठ्क्रममा समेत नेपालको संविधान, कार्यपालिका, न्याएपालिका र ब्यबस्थापिकाका साथै नेपालको राजनिती समेत अध्यापन हुने भएकाले प्रत्यक्ष विद्यार्थीहरुले सरोकारवालासंग जिज्ञाशा राख्न तारतम्यता मिलाएको कार्यक्रममा विद्यालयका कक्षा ८ र ९ का ४ दर्जन बढि विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक प्रकाश मरासिनिले गरेका थिए ।

 

  • ८ आश्विन २०८१, मंगलवार प्रकाशित

  • Nabintech