६ कार्तिक २०८१, मंगलवार

पुरुषहरुको वर्चस्व रहने समाजमाःअन्जनाको उम्मेदवारी घोषणा
  • न्युज मानसराेवर

कोहलपुर \कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमाहोल तातियोको छ। आज कोहलपुरमा प्रगतिशित व्यपारी समुहले एक कार्यक्रमको आयोजना गर्दै आफ्ना उम्मेदवार छनोट गरेका छन।  कात्तिक ३ गते हुने उक्त निर्वाचका निम्ति आज प्रगतिशित व्यापारीहरुले आफ्ना उम्मेदवार छनोट गरेका हुन। प्रगतिशित व्यपारी समुहले अन्जना धितालको अध्यक्षतामा निर्वाचनमा होमिने निर्णय  गरेका हुन।

व्यापारीहरुको आगामी ३ वर्षे कार्यकालमा कोहलपुर क्षेत्रका ब्यवसायीहरुको हित र उनीहरुका समस्याहरुको पैचान र समाधानमा केन्दित हुने उम्मेदवारहरुले  दावि समेत गरेका छन।

हाल सम्मको इतिहासमा कोहलपुर उद्योग व्यापार संघको अध्यक्ष पदमा महिला अध्यक्ष पहिलो पटक चुनावी मैदानमा होमिएको हो ।
सधै पुरुषहरुको वर्चस्व रहने अध्यक्ष पदमा हाल पुरुषहरुको वर्चस्व तोडिएको छ।तर निर्वाचमा हार  जितको समयचक्र भने अझै बाँकी छ ।

त्यसैगरी प्रगतिशित व्यपारी समुहले  संघको बरिष्ठ उपाध्यक्ष भुपेन्द्र काफ्ले , उद्योग उपाध्यक्ष अर्जुन सुवेदी ,बस्तुगत उपाध्यक्ष रुपक भूजेल , महासचिव दिपक अर्याल ,उपमहासचिव ,गोपाल अधिकारी ,कोषाअध्यक्षमा गंगा बगाले ,सहकोषाअध्यक्षमा टंक खनाल ,सदस्य कृष्ण रानाभाट,रवि प्रसाद कर्माचार्य ,मोति प्रसाद सुवेदी,अस्मिता केसी , परिवर्तन विश्वकर्मा ,राजिव शर्मा ,प्रतिमा खड्का ,अंकित सिग्देल ,एक बहादुर खड्का ,विक्की थापा ,र भवानी कडेल रहेका छन।

उक्त उम्मेदवारी घोषणा कार्यक्रममा प्रमुख अथिति बाँके क्षेत्र नं.१ का माननिय सांसद सुर्य ढकाल, कोहलपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष कर्ण बहादुर थापा ,कोहलपुर उद्योग बाणिज्य संघका वर्तमान अध्यक्ष लक्ष्मण राज पौडेल,नेकपा एमाले नगर कमिटी अध्यक्ष कूल बहादुर भट्राईले  आ आफ्नो धारणा राखेका थिए।कोहलपुर उद्योग तथा व्यवसायी महासंघ कोहलपुरका अध्यक्ष ज्ञानेन्द्र खनालको अध्यक्षतामा  उक्त उम्मेदवारहरु घोषणा गरिएको थियो ।  नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य भगवती बराल , नेकपा एमाले बाँके जिल्ला सचिव बलराम भट्राई , कोहलपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द्र शर्मा लगाएतको सहभागिता रहेको थियो ।

  • ११ आश्विन २०८१, शुक्रबार प्रकाशित

  • Nabintech