कोहलपुरः आगामी कात्तिक ३ गते हुने कोहलपुर उद्योग व्यापार संघको निर्वाचन महोल तातियको छ । आज कोहलपुरमा लोकतान्त्रिक समावेशी व्यवसायीहरुले आफ्ना उम्मेदवार घोषणा गरेका छन भने उता प्रगतिशील व्यावसायिक समूहका उमेदवारहरु घरदैलोमा जुटेका छन।
निर्वाचन नजिकै गर्दा दुवै समुहका उद्योगी व्यापारीहरुले आफ्ना निर्वाचन रणनिति सहित मैदानमा उत्रिएका छन। काेहलपुर उद्योग वाणिज्य संघमा करिब १ हजार ६ सय उद्योगी व्यवसायीहरुले कात्तिक ३ गते आगामी कार्यकालका निम्ति मतदान गर्ने छन ।
प्रगतिशील व्यावसायिक समूहले अध्यक्षमा महिला उमेदवार अन्जना धितालको नेतृत्वमा चुनावी मैदामनमा घरदैलो गर्दै आइरहेको छ ।
“पुरुष नेतृत्व लाई हेर्यौ धेरै पटक महिला नेतृत्व लाई हेरौं यस पटक ” भन्ने नारा सहित आज प्रगतिशील व्यावसायिक समूह सोमबार वडा न ३,४ ५ , ६ र १५ न वडाका मतदातासंग भेटघाट गरिएको प्रगतिशील व्यावसायिक समूह सचिवालयले जनाएको छ ।