९ मंसिर २०८१, आईतवार

नेपालगञ्जमा अखाद्य मासु नष्ट दुईवटा मासु पसललाई जरिवाना
  • न्युज मानसराेवर

नेपालगञ्ज : नेपालगञ्जमा बजार अनुगमनका गर्दा भेटिएको अखाद्य मासु नष्ट गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख हरि बहादुर खत्रीले १९ वटा मासु पसल अनुगमन गर्दा गुणस्तहीन मासु फेला परेपछि नष्ट गरिएको जानकारी दिए ।

संयुक्त बजार अनुगमन समितिले ५८ किलो खसीको मासु, १ सय ५ किलो कुखुराको मासु र १० किलो माछा नष्ट गरेको हो । अनुगमन समितिले दुई वटा मासु पसललाई जरिवानासहित कारवाही पनि गरेको छ । वडा नं. १५ को मो. सरिफ फ्रेस हाउसलाई २० हजार र वडा नं. २० को दानिस फ्रेस हाउसलाई ५ हजार जरिवाना गरिएको हो ।

  • १९ आश्विन २०८१, शनिबार प्रकाशित

  • Nabintech