१० मंसिर २०८१, सोमबार

शिक्षक सङ्गठन बैजनाथले गर्यो शुुभकामना आदानप्रदा
  • न्युज मानसराेवर

बाँके\ नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गाउँपालिका समिति बैजनाथले नेपालीहरुको राष्ट्रिय  चाडहरु वडा दशैँ, तिहार र छठको उपलक्ष्यमा शुुभकामना आदान प्रदान कार्यक्रम  सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अथिति  निवर्तमान लुुम्बिनी प्रदेश सरकारका सामाजिक बिकास मन्त्री बाँके क्षेत्र नं ३ क का सांसद  रत्न खत्रीले आफुु छोटो समय प्रदेश सामाजिक बिकास मन्त्री बन्दा बाँके जिल्लाका १सय ४९ वटा विद्यालयमा आफ्नै मन्त्रालयको बजेट र आफ्नो निर्वाचन क्षेत्रमा ४ अर्ब बढीको बजेट विभिन्न मन्त्रालयबाट विनियोजन गराइएको दावि गरे ।

त्यसै गरी  कार्यक्रममा संविधान सभा सदस्य पूूर्व राज्य मन्त्री तथा प्रभात नमूूना माध्यमिक विद्यालय जि.गाउँका अध्यक्ष दल बहादुुर सुुनारले शिक्षकले आफ्नो भुुमिका अब्बल खेलेमा कसैले केही गर्न नसक्ने र सामाजिक रुपान्तरणको क्षेत्रमा शिक्षकले प्रभावकारी भूमिका खेल्नुुपर्ने औल्याए ।  कार्यक्रममा बैजनाथ गाउँपालिकाका संस्थापक अध्यक्ष  तथा  नेकपा एमाले प्रदेश कमिटी सदस्य तथामन बहादुुर रुचालले नेकपा एमाले विधि र बिधान अनुुसार चल्ने र जनताको पार्टी भएकोले आफ्नो पालामा कहि कसैलाई काखा र पाखा नगरेको तर अहिलेको सरकार जनताको हुुन नसकेको र अमुुक पार्टीको पनि सिमित गुुटको सरकार बन्न पुुगेको आरोप लगाए ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गाउँपालिका समिति  संगठनका बैजनाथ इन्चार्ज बीर बहादुुर सिंह ठकुुरीले समग्र बैजनाथको शिक्षाको अवस्था र संगठनले भोग्नुुपरेका समस्याको बारेमा जानकारी गराएका थिए ।  संगठनका जिल्ला सचिव बाबुुराम अधिकारीले वर्तमान सरकारले शिक्षक नियुुक्ति तथा प्र.अ. व्यवस्थापनमा राजनितिकरण गरेको र शिक्षा क्षेत्रमा राजनितिकरण गरेर अमुुक दलको राजनिति गर्ने अखडा बनेकोले यसको हेक्का राखेर बैजनाथको शिक्षा बचाउन संगठनले शसक्त प्रतिरोध गर्नुुपर्ने बताए ।

संगठनका उपाध्यक्ष इन्दिरा गौतम, जिल्ला अध्यक्ष रेखा धिताल, प्रदेश उपाध्यक्ष शिव शंकर रोकाय र महासंघ अध्यक्ष महेश सर्माले शुुभकामना मन्तव्य राखेको कार्यक्रमको अध्यक्षता हिक्मत कुुमार बि.सी ले गरेका थिए भने स्वागत उपाध्यक्ष हेमा चन्दले गरेकी थिइन । बैजनाथ समिति सचीव केशवराज रिजालले सञ्चालन गरेको कार्यक्रम बैजनाथ ६ को गडरहीमा रहेको ज्योती आधारभुुत विद्यालमा सम्पन्न भएको थियो ।

  • १९ आश्विन २०८१, शनिबार प्रकाशित

  • Nabintech