६ कार्तिक २०८१, मंगलवार

तीन करोडका खसीबोका बिक्री
  • न्युज मानसराेवर

कोहलपुर\दसैँ अवधिभर बाँके जिल्लाबाट तीन करोड रुपियाँभन्दा बढीका खसीबोका बिक्री भएको छ । जिल्लाका विभिन्न सहकारी संस्थामार्फत तीन करोड रुपियाँ बढीका खसीबोका जिल्ला बाहिर निर्यात भएका हुन् ।

दसैँ सुरु भएदेखि असोज २८ गतेसम्म जिल्लामा रहेका विभिन्न १४ वटा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमार्फत उक्त खसीबोका बिक्री भएका छन् ।

जिल्लाको विभिन्न स्थानमा रहेका १४ वटा सहकारीमार्फत् तीन करोड ४६ हजार ४९६ रुपियाँ बराबरका ५५ हजार ८२६ किलो तौल भएका १ हजार ७८६ वटा खसीबोका सहकारीमार्फत बिक्री भएर देशका  विभिन्न सहरमा निर्यात भएका हुन् ।

जिल्लाका आठ पालिकामध्ये धेरैजसो राप्तीसोनारी गाउँपालिकाका किसानहरू बाख्रापालनतर्फ बढी आकर्षित भएका छन् । राप्तीसोनारीमा जङ्गल क्षेत्र बढी भएका कारण पनि यहाँका किसानहरू यस पेसातर्फ आकर्षित भएका हुन् ।

पछिल्लो समय बाख्रापालनबाट महिला किसानहरू आत्मनिर्भर बन्दैगएका छन् ।

  • ३० आश्विन २०८१, बुधबार प्रकाशित

  • Nabintech