१४ कार्तिक २०८१, बुधबार

बर्दियामा स्वच्छ पिउने पानी ,५ सय घरधुरी लाभान्वित
  • न्युज मानसराेवर

बर्दिया \बारबर्दिया नगपालिकामा एक समारोहका बिच स्वच्छ पिउने पानिको ट्याङ्की उद्घाटन तथा हस्तान्तरण कार्य सम्पन्न भएको छ ।

परराष्ट्र मन्त्रालय जापान सरकारको आर्थिक सहयोगमा तथा आड्रा नेपालको प्राबिधिक सहयोगमा स्थानीय साझेदार संस्था वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) संचालित  स्वास्थ्य सवलीकरण परियोजना अन्र्तगत बारबर्दिया नगरपालिका ११ बिजयनगरमा १० हजार लिटर क्षमता भएको स्वच्छ पिउने पानिको ट्याङ्की निर्माण कार्य सम्पन्न गरिएको थियो ।

प्रमुख अतिथी बारबर्दिया नगरपालिकाका नगर प्रमुख  छविलाल थारुले विजयनगर पालिकाको पिछडिएको गाउँ भएको र उक्त गाउँमा वसोवास गर्ने अधिकांस नागरिक स्वच्छ पिउने पानिको समस्या बाट पिडित भएको हुँदा त्यसलाई हल गर्नका लागी पालिकाको समन्वयमा पानि टयाँकि निर्माण कार्य सम्पन्न भएको उल्लेख गरे ।

साथै थारुले वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) लाई धन्यवाद दिदै अव यसको संरक्षण र उपभोग गर्ने दायित्व स्थानीय सरकार तथा स्थानियवासीको भएको भएको बताए ।  स्वास्थ्य सवलीकरण परियोजना अन्तर्गत खानेपानि निर्माण आयोजना बाट करिब ५ सय घरधुरी लाभान्वित हुने बताइएको छ ।

कार्यक्रममा बारबर्दिया नगरपालिकाका उप प्रमुख रत्नकुमारी पाण्डे , वडा  न ११ का वडाध्यक्ष विजयकुमार चौधरी , प्रमुख प्रशासकि अधिकृत दीपककुमार आचार्यले लगाएतले स्वास्थ्य सवलीकरण परियोजना बारे धारणा राखेका थिए ।

स्वास्थ्य कार्यालय बर्दियाका स्वास्थ्य प्रमुख सुनिता पौडेलले स्थानीय सरकार तथा साझेदार संस्था इन्रुडेकलाई नेपालको संबिधान २०७२ को भाग ३ को धारा ३५ मा रहेको स्वास्थ्य सम्बन्धी हक लाई सुनिश्चतता गर्नका लागी महत्वपूर्ण योगदान गरेको बताईन ।

कार्यक्रममा वातावरण तथा ग्रामीण विकास केन्द अध्यक्ष धर्मलाल रोकाया, आड्रा नेपालका कार्यक्रम निर्देशक डा.घनश्याम कुमार भट्ट लगायतले धारणा राखेका थिए । परियोजनाको तर्फबाट रु.५३८२९९०.६ रुपैया खर्च गरिएको  वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) का कार्यकारी निर्देशक हिरा लाल रानाले जानकारी गराएका छन।

  • १२ कार्तिक २०८१, सोमबार प्रकाशित

  • Nabintech