कोहलपुर: तिहारको चहल पहल गाउँदेखि सहरसम्म चलिरहेपनि मौसममा देखिएको उतार चढावका कारण पानी पर्न सक्ने भन्दै बाँकेका विभिन्न स्थानका किसानहरु खेतमा काटेर राखेको धान थन्क्याउँन बाध्य भएका छन । पानी पर्ने डरले बाँकेको डुडुवा, राप्ति सोनारी, नरैनापुर, खजुर, कोहलपुर, बैजनाथ लगाएतका स्थानमा लक्ष्मि पुजाका दिनदेखि निरन्तर भाई टिकाका दिन सम्म पनि किसानहरु धान थन्क्याउन व्यस्त रहेका हुन ।
काटेको धानमा पानी परेपछि सडने मात्र नभई धान उम्रिन सक्ने र फसल नै नष्ट हुने डरले किसानहरुलाई दिपावलीको चिन्ता भन्दापनि आफनो अन्नवालीको चिन्ताले दिनरात खेतमा धानका पुला वनाउने र सुरक्षित स्थानतर्फ लैजान निरन्तर जोहो गर्दै आएका छन ।कतिपयले धानका भारीहरुलाई एकत्रित गर्दै थ्रेसरमार्फत धान तयार गर्ने गरेका छन भने कतिले धानलाई कुन्यु वनाई थन्क्यान ब्यस्त रहेको वैजनाथ ७ पेडरीका वडा अध्यक्ष एबं किसान दिनेश चौधरी वताउँछन ।
धानवालि पछि गौं मसुरो चना छर्ने खेत तयार गर्न समेत किसानलाई यतिवेला हतारो हुँदै गएको छ । खेतको आसेप सुकेपछि जोत्न समस्या हुने भएकाले चिस्यान कायम रहँदै जोत्नपर्ने भएकाले दिपावलीपछि खेत जोत्न किसानहरु ब्यस्त हुने भएकाले पनि धान भित्र्याउन किसानहरुलाई हतार भएको चौधरीको भनाई रहेको छ ।