कोहलपुर \शुक्रबार नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखा को २०औ उपशाखा सभा र ब्लड बैंक उद्घाटन कार्यक्रम भब्यताका साथ सम्पन्न गरिएको छ ।
२०औ उपशाखा सभा र ब्लड बैंक उद्घाटन पश्चात उपशाखा सचिव सन्जु पन्थले आगामी कार्ययोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रम प्रमुख अथिति कोहलपुर नगरपालिका कार्यवाहक उप मेयर संगिता सुवेदी नेपाली काग्रेस जिल्ला सभापति नारायण गौडेल,भानुभक्त भट्राई समाजसेवी लगाएतको सहभागिता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखा सभापति दिनेश सिग्देलको अध्यक्षतामा कार्यक्रम समापन गरिएको थियो ।