९ मंसिर २०८१, आईतवार

सार्वजनिकस्थलमा फोहोर फालेको आशिर्वाद पेन्ट्सलाई नेपालगञ्ज उपमहानगरपालिकाको जरिवाना
  • न्युज मानसराेवर

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई जरिवाना गरेको छ । आशिर्वाद पेन्ट्स प्रालिलाई नेपालगञ्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम १० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ परस्पुर र ढोडेगाउँ बीचमा रहेको दोदरा नालामा सार्वजनिक स्थान दुर्गन्धित हुने गरी फोहोर फाल्ने ग.१ ख. ६४३ नम्बरको भ्यानलाई नियन्त्रणमा लिई अस्थायी ट्राफिक प्रहरी पोष्ट गनापुरले कारवाहीका लागि नेपालगञ्ज उपमहानगरपालिकामा पठाएको थियो । अभिनब बर्माले सामाजिक संजाल ’फेसबुक’ मा सामग्री पोष्ट गरेर जानकारी गराए पश्चात् नगर प्रहरीको पहलमा ट्राफिक प्रहरीले गाडी समातेको हो ।

मेयर प्रशान्त विष्टले नेपालगञ्ज उपमहानगरपालिकाले जथाभावी फोहोमैला फाल्नेविरुद्ध शून्य सहनशिलताको नीति लिएको बताउँदै लुकीछिपी फोहोर फालेको देखेमा जानकारी गराउन आग्रह गरेका छन् । विष्टले नगर सफा राख्नु सबै नगरबासीको साझा दायित्व भएको भन्दै फोहोरमैलाको उचित व्यवस्थापनका लागि सबै गम्भीर बन्नुपर्ने बताए ।

  • ६ मंसिर २०८१, बिहीबार प्रकाशित

  • Nabintech