२३ माघ २०८१, बुधबार

लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके\यो वर्षको हिउँदको पहिलो वर्षा आइतबार र सोमबार हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । वर्षापछि जाडो पनि अहिलेको तुलनामा बढ्ने छ ।यो वर्षाको असर पूर्व र मध्यको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बढी पर्ने सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पश्चिमको तुलनामा कम प्रभाव हुने छ । पानी परिहाले पनि हल्का खालको मात्र हुने सम्भावना छ ।

काठमाडौं लगायत मध्य र पूर्वी भेगमा भने बादल लाग्ने र जाडो बढी हुने पूर्वानुमान छ ।त्रिभुवन विश्वविद्यालयको मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पश्चिमी वायुको असरले आइतबार र सोमबार वर्षाको सम्भावना रहेको बताए । तीनवटै मोडेलले वर्षा हुने देखाएको उनको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागले अहिले भने नेपालमा कुनै पनि मौसमी प्रणालीको असर नरहेको जनाएको छ । तराई मधेशका जिल्लाहरुमा बिहानपख हुस्सु कुहिरो लागे पनि अन्य अवस्था सामान्य रहेको विभागले जनाएको छ । विभागले भने तीन दिन भन्दा धेरैको मौसम पूर्वानुमान गर्दैन ।

  • २० मंसिर २०८१, बिहीबार प्रकाशित

  • Nabintech