२७ मंसिर २०८१, बिहीबार

जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
  • न्युज मानसराेवर

कर्णाली डेक्स \जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। बुधबार राति ११ बजे जाजरकोटको नलगाड नगरपालिका-३ बिरखोला कैना-कड्के सडक खण्डमा ग.३ च.९८४५ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा जाजरकोट जिप चालक नलगाड नगरपालिका–३ करुवा बस्ने अन्दाजी ३२ वर्षीय ईन्द्रजित थापा, अन्दाजी ६५ वर्षीय शिला पुन, अन्दाजी ३३ वर्षीय सारदा थापा, अन्दाजी १८ वर्षीय लक्ष्मी पुन रोका र लक्ष्मी पुनको एक महिनाको छोरा आलोचन रोका रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले बताए।

दुर्घटनामा नलगाड नगरपालिका–३ करुवा बस्ने अन्दाजी १९ वर्षीय जनक थापा र नलगाड नगरपालिका–७ बस्ने २१ वर्षीय जिवन बिक घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य छ। प्रहरीले एक्कासी ब्रेक फेल हुँदा जिप दुर्घटनामा परेको अनुमान गरेको छ।

  • २७ मंसिर २०८१, बिहीबार प्रकाशित

  • Nabintech