७ बैशाख २०८२, आईतवार

मिर्गौला प्रत्यारोपण: भेरी अस्पतालमा पनि सेवा सुरु गर्ने गरी सम्झौता
  • न्युज मानसराेवर

नेपालगन्ज:भेरी अस्पताल नेपालगन्जमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरसँग सम्झौता भएसँगै भेरी अस्पताल नेपालगन्जमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने पक्का भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा आज भेरी अस्पतालमा मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकार चन्द्र श्रेष्ठ र भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीबीच मिर्गौला प्रत्यारोपण सेवा संचालनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

मन्त्री पौडेलले सबै संघीय अस्पतालहरुमा मानव अंग प्रत्यारोपण सेवा विस्तार गर्ने सरकारको योजना रहेको बताए । त्यही क्रममा भेरी अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको उनको भनाई छ । ‘सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने सरकारको योजना छ,’ स्वास्थ्य मन्त्री पौडेलले भने-‘पोखरा र सुर्खेतमा सेवा सुरु भइसकेको छ । अब भेरी अस्पतालमा पनि सेवा सुरु गर्ने गरी सम्झौता भएको छ । सातै प्रदेशमा अंग प्रत्यारोपण सेवा विस्तार गर्दै सेवालाई सर्वसुलभ र सहज बनाउने गरी लागेका छौं ।’

भेरी अस्पतालमा मिर्गौला सेवा संचालनका लागि मानव अंग प्रत्यारोपण केन्द्रले जनशक्तिदेखि प्राविधिक सहयोग गर्ने मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा.श्रेष्ठले बताए । सकेसम्म एक महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा भेरीबाट दिन सकिने उनले बताए । सकेसम्म एक महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा भेरीबाट दिन सकिने उनले बताए ।

  • ८ पुष २०८१, सोमबार प्रकाशित

  • Nabintech