२३ पुष २०८१, मंगलवार

लम्बिनी प्रदेशमा धान उत्पादन घट्यो
  • न्युज मानसराेवर

बाँके\ लम्बिनीमा पनि धानखेती घटेको छ । तर उत्पादन र उत्पादकत्व दुवै बढेको छ । गत वर्ष लुम्बिनीमा ३ लाख २ हजार ३ सय ८६ हेक्टरमा धानखेती गरिएको थियो । उक्त क्षेत्रफलबाट १३ लाख १० हजार ८ सय २९ टन धान उत्पादन भएको मन्त्रालयको भनाइ छ । यस वर्ष लुम्बिनीमा २ लाख ९९ हजार ७ सय ६९ हेक्टरमा धानी खेती गरिएको छ । उक्त क्षेत्रफलबाट १३ लाख ६४ हजार ३१ टन धान उत्पादन भएको छ । लुम्बिनीमा धान उत्पादकत्व भने प्रतिहेक्टर ४.३३ टनबाट बढेर ४.५५ टन पुगेको छ ।

धान लगाएको क्षेत्रफल घटे पनि यस वर्ष धान उत्पादन बढेको छ । समयमै भएको वर्षा, उन्नत बीउको बढ्दो प्रयोग र मलखादको सहजताले धानको उत्पादन र उत्पादकत्व बढेको हो । गत बर्षको तुलनामा धान उत्पादन २ लाख ३१ हजार २ सय ४२ टन बढेको कृषि तथा पुशपन्छी विकास मन्त्रालयले जनाएको छ । गत वर्षको तुलनामा धानको उत्पादन बढे पनि मागअनुसार अझै अपुग छ । अझै मुलुकका लागि वार्षिक ८ लाख टन अपुग नै रहेको कृषि मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बताए । गत वर्ष भने करिब १० लाख टन अपुग थियो ।

 

  • २० पुष २०८१, शनिबार प्रकाशित

  • Nabintech