९ भाद्र २०८३, मंगलवार

प्याब्सन कोहलपुर रनिङ शिल्ड २०८१ को उपाधि ग्रिनपिस मावि
  • न्युज मानसराेवर

कोहलपुर \ कोहलपुरमा जारी प्याब्सन रनिङ शिल्डको उपाधि ग्रिनपिस मावि चप्परगौडिले हात पारेको छ ।

ग्रिनपिस माविले ७ स्वर्ण ५ रजत र ३ कास्य सहित रनिङ शिल्डको उपाधि हात पारेको हो । त्यसै गरी निम्बल ई.मी स्कुल कोहलपुरले रनिङ शिल्ड प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेको छ । निम्बल ई.मी स्कुलले ५ स्वर्ण ४रजत २ कास्य प्राप्त गरी रनिङ शिल्ड प्रतियोगितामा दोस्रो भएको हो ।

त्यसै गरी तेस्रो स्थानमा बागेश्वरी एकेडेमी कोहलपुर भएको छ । रनिङ शिल्ड प्रतियोगितामा बागेश्वरी एकेडेमी कोहलपुरले ५ स्वर्ण पदक १३ रजत र १ कास्य  पदक सहित तेस्रो स्थान भएको हो ।प्रतियोगितामा प्रथम नगद २० हजार ,दोस्रो १५ हजार र तेस्रो १० हजार सहित मेडल प्रमाणपत्र वितरण गरिएको मुख्य फिल्ड मार्सल दिनेश सिग्देलले जानकारी गराएका छन।

प्याब्सन कोहलपुरको आयोजनामा माघ ११ गते देखी १३ गते सम्म प्याब्सन कोहलपुर नगर स्तरीय रनिङ सिल्ड प्रतियोगिता संचालन गरिएको थियो । उक्त प्रतियोगितामा ३० विद्यालयको सहभागिता रहेको थियो ।त्यसै गरी उक्त प्रतियोगितामा कूल २ हजार विद्यार्थीहरुलाई प्रतियोगितामा भाग लिएको प्याब्सन नगर सचिव मित्रलाल वलीले जानकारी गराएका छन।

प्रतियोगिता समापन कार्यक्रममा प्रमुख अथिति बाँके क्षेत्र नं.१ का संघिय सांसद सुर्य ढकालले विजयी सबै खेलाडिहरुलाई प्रमाणपत्र तथा मेडेल पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा विभिन्न प्याब्सन कोहलपुरका प्रमुख सल्लाहकार गोविन्द सुवेदी प्रमुख फिल्ड मार्सल दिनेश सिग्देल सायक फिल्ड मार्सल नवकिरण शाहलाई सम्मान गरिएको थियो ।

त्यसै गरी कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक इश्वरी विक, प्याब्सन बाँकेका सल्लाकार यम बहादुर रावत बाँके प्याब्सनका अध्यक्ष , उपाध्यक्ष सचिव, कोषाअध्यक्ष सदस्य लगाएको सहभागिता रहेको थियो । समापन कार्यक्रम प्याब्सन कोहलपुरका अध्यक्ष रमेश खत्रीको अध्यक्षतामा गरिएको थियो ।

  • १३ माघ २०८१, आईतवार प्रकाशित

  • Nabintech