२७ जेष्ठ २०८२, सोमबार

बैजनाथ हत्या प्रकरणः दुईजना पक्राउ
  • न्युज मानसराेवर

बैजनाथ\बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ८ चौफेरीस्थित पुष्पनगर टोलमा गत २५ गते राति दुई समूहबीच भएको झडपका क्रममा चक्कु प्रहारबाट घाइते भएका १८ वर्षिय दिनेश रोकायको उपचारको क्रममा निधन भएको थियो।

रोकायको  हत्या गरेको आरोपमा प्रहरीले दुईजना नियन्त्रणमा लिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका मध्य  बैजनाथ गाउँपालिका-२ बस्ने ३५ वर्षीय राम बहादुर राना र त्यसै गरी बैजनाथ  गाउँपालिका-६ बस्ने १७ वर्षीय किशोर रहेका छन्।

 विवाह कार्यक्रममा वादविवाद हुँदा उनीहरूले दिनेश समेत ६ जनालाई शुकबार राति कुटपिट गरेर घाइते बनाएका थिए।

गम्भीर घाइते भएका दिनेशको मेडिकल कलेज कोहलपुरमा प्राथमिक उपचारपश्चात भारतको लखनउ पठाइएको थियो।

उपचारका क्रममा आइतबार बिहान दिनेशको मृत्यु भएको थियो ।  साथै कुटपिटबाट घाइते भएका अन्य ५ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

  • २८ माघ २०८१, सोमबार प्रकाशित

  • Nabintech