२८ फाल्गुन २०८१, बुधबार

शिक्षा तथा मानव श्रोत विभागको चौथो पूर्ण बैठक सम्पन्न
  • न्युज मानसराेवर

कोहलपुर\नेकपा एमालेको  जिल्ला कमिटी विभाग  शिक्षा तथा मानव श्रोत विभागको चौथो पूर्ण बैठक सम्पन्न गरिएको छ ।

चौथो पूर्ण बैठकमा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके क्षेत्र नं.२ का इन्चार्ज पशुपति दयाल मिश्राले विभागका गतिविधिहरुलाई नेकपा नेकपा एमालेका अन्य विभागहरुले समेत अपनत्व गरेरे कार्य सम्पादन गर्न आवश्यक रहेको औल्याएका छन।

विभागको पूर्ण बैठकले २०४६ साल देखी पार्टीमा योगदान गरेका ३ जनालाई सम्मान समेत गरेको छ ।

यसरी सम्मान हुनेमा नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य तथा सविधान सभा सदस्य देवराज भार लुट बहादुर रावत ,गोविन्द जी.सी खादा तथा प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा देवराज भारले पार्टी प्रविधि मैत्री निमार्ण गर्न आजको आवश्यकता रहेको औल्याए ।

उनले युवाहरुले संगठन निमार्णमा क्रियाशिल हुन आवश्यक रहेको बताए । त्यसै गरी कार्यक्रममा बोल्दै नेकपा एमालेका सचिव बलराम भट्टराईले विदेशी शक्ति तथा देशमा रहेका नागरिक परिचालित गर्दै पार्टी नेतृत्व माथी बारम्बार सामाजिक सञ्जालहरुमा आरोप लगाउने गरेको बताए । उनले त्यसका विरुद्ध पार्टीका सबै जनवर्गिय संगठन तथा वडा कमिटी सबै परिचालित हुन आवश्यक रहेको बताए ।

उनले पार्टी नेतृत्व विरुद्ध लगाएका आरोपहरुको खण्डन गर्न पार्टीले ३ महिने अभियान संचालन गर्न लागेको समेत जानकारी गराए ।

जिल्ला उप सचिव निर्मला सुनारले पार्टीका अग्रज नेतृत्वले जिल्ला तथा पार्टीका सबै कार्यकर्ताहरुलाई मार्ग दर्शन दिन आग्रह गरिन ।
सुनारले पार्टी नेतृत्वमा रहेतापनि पार्टीको जीवन यहाँ अग्रजहरुको त्यागका कारण रहेको औल्याईन।

कार्यक्रममा नेकपा एमाले बाँके क्षेत्र नं.१ (ख) का संयोजक केशव शाही नेकपा एमाले कोहलपुर नगर कमिटी अध्यक्ष कूल बहादुर भट्टराई लगाएतले आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा शिक्षा तथा मानव श्रोत विभागका आगामी कार्ययोजना विभागका प्रमुख सुर्य रोकायाले  प्रस्तुत गरेका थिए ।

  • १ फाल्गुन २०८१, बिहीबार प्रकाशित

  • Nabintech