१० फाल्गुन २०८१, शनिबार

‘कर्णालीका कुडा’ को छैटौँ संस्करण सुरुहुँदै
  • न्युज मानसराेवर

कर्णाली\सुर्खेतमा कर्णाली उत्सवका रूपमा कर्णालीका कुडाको छैटौँ संस्करण आज (सोमबार) देखि सुरु हुँदै छ। फागुन ७ गते बुधबारसम्म सञ्चालन हुने सो उत्सवले कर्णालीलाई चिन्ने र चिनाउने, बहस र विमर्शको उत्सव गराउने भन्दै ऋति फाउन्डेसनले सो उत्सवलाई यस वर्ष पनि निरन्तरता दिएको हो।

आइतबार उत्सवबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै कर्णाली प्रदेशको पहिचान र सम्भावना केलाउन उत्सवलाई निरन्तरता दिइएको बताइएको छ।उत्सवका संयोजक कमल लम्सालले कर्णाली उत्सवको माध्यमबाट कर्णालीमा सार्वजनिक बहसको शृंखला थालिएको र यसले कर्णालीलाई केलाउँदै समृद्धि प्रदेश निर्माणका लागि नीति निर्मातालाई सुझाव दिने तथा सार्वजनिक पदाधिकारीलाई उत्तरदायी बनाउने प्रयास गर्ने बताए।

उनले विभिन्न संस्करणमा भाग लिएका वक्ता, सञ्चालक तथा सहभागीले उत्सवको महत्व बुझ्दै गएको, खुला समाज र लोकतान्त्रिक बहसलाई संस्कारका रूपमा विकास गरिएको र कुनै कामको सुरुवात विचारबाटै थालनी हुने भएकाले कुडा कर्णालीलाई यस पटक पनि निरन्तरता दिइएको उल्लेख गरे।

उत्सवमा संलग्न प्रकाश अधिकारीले उत्सवको धेरैजसो खर्च प्रस्तावना आह्वानका आधारमा र प्रायोजक तथा साझेदारले बेहोर्दै आएको जानकारी दिए। विगतमा बुलबुले उद्यानमा सञ्चालन भएको सो उत्सव यस पटकदेखि सिटी हलमा सञ्चालन हुने छ।

तीन दिनसम्म सञ्चालन हुने उत्सवमा शिक्षाबारे प्राज्ञिक बहस, पैकेलो, किस्सा तन्नेडीका, बैकिनी बोल्छिन्, देउडा साँझ, स्याउको सह, विद्वत प्रवचन, आसलाग्दो अर्थतन्त्र, छोरीको छहारी, टेको संघीयताको, कर्णालीमा मधेश, चौघान चर्चा, कर्णाली कन्सर्टलगायत विविध विषयमा बहस र छलफल हुने छ। केही वक्ता काठमाडौँका रहेका छन् भने धेरैजसो वक्ता कर्णालीकै रहने लामिछानेले बताए।

  • ७ फाल्गुन २०८१, बुधबार प्रकाशित

  • Nabintech