२९ असार २०८२, आईतवार

उडिसाबाट सुनौली नाका भएर ३६ जना विद्यार्थी नेपाल फर्किए
  • न्युज मानसराेवर

बाँके\उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि नेपाली विद्यार्थी विभिन्न   नाका हुँदै घर फर्कन थालेका छन् ।

रुपन्देहीको सुनौली नाकाबाट हालसम्म ३६ जना विद्यार्थी घर फर्किएको इलाका प्रहरी कार्यालय बेलहिया प्रहरी निरीक्षक मुकेश न्यौपाने रातोपाटीलाई  बताए । उनले २ दिनमा ३६ जना नेपाल फर्किएको बताए ।

दुई जना स्याङ्जा, कास्की, धनगढी, नेपालगन्जका एक–एक गरी ५ जना रहेका छन् भने अन्य ३१ जना लुम्बिनी प्रदेशका रहेको प्रहरीले जनाएको छ । उक्त कलेजको होस्टेलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत भैरहवाकी प्रकृति लम्साल आइतबार मृत अवस्थामा भेटिएकी थिइन् ।

त्यसपछि कलेजमा आन्दोलन भएपछि  विद्यार्थीहरू नेपाल फर्किएका हुन् । मृतक लम्सालको शव नेपाल ल्याएर परिवारले भैरहवामा दाहसंस्कार समेत गरिसकेका छन् ।

  • ९ फाल्गुन २०८१, शुक्रबार प्रकाशित

  • Nabintech