कोहलपुर\अखिल नेपाल किसान महासंघ बाँकेको आयोजनामा कोहलपुरमा दुई दिने कार्यशाला गोष्ठी शुरू गरिएको छ । सम्पूर्ण श्रमिक किसानहरू एक होओै समाजवादउन्मुख अर्थतन्त्रको निर्माण ,कृषि क्षेत्रमा आमूल परिवर्तन सहित रूपान्तर भन्ने नारा सहित कार्यशालाको आयोजना गरिएको हो।कार्यशालामा बाँके जिल्लाका आठ वटै स्थानीयका कमिटी जिल्ला कमिटी तथा सदस्यहरूको सहभागिता रहेको छ ।
कार्यक्रममा कार्यशाला गोष्ठीको प्रमुख अथिति राष्ट्रिय किसान आयोग तथा किसान महासंघका केन्द्रीय अध्यक्ष डा.प्रेम दगांल , नेकपा एमाले जिल्ला सचिव बलराम भट्टराई कोहलपुर नगर कमिटी अध्यक्ष कूल बहादुर भट्टराई , किसान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष महेन्द्र गिरी , जिल्ला अध्यक्ष कृष्ण विक्रम केसी लगाएतको सहभागिता रहेको छ ।
कार्यक्रममा करिब जिल्लाका करिब दुई सय किसान हरूको सहभागी रहेको थियो । किसानहरुका समस्याहरुको पैहिचान र त्यसका निम्ति आवश्यक पहल र कानूनी आधारहरुका विषयमा समेत बृह्त छलफल गरिने किसान महासंघ लुम्बिनी प्रदेश ईन्चाज तथा केन्द्रिय उपाध्यक्ष आरति पौडेलले जानकारी गराईन।