९ बैशाख २०८२, मंगलवार

बाँकेका स्थानीय तहले दुई अर्ब ४१ करोड अनुदान पाउने
  • न्युज मानसराेवर

बाँके\बाँकेका आठ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२-०८३ मा राजस्व बाँडफाँड र वित्तीय समानीकरणतर्फ अनुमानित दुई अर्ब ४१ करोड अनुदान प्राप्त गर्ने भएका छन् ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२-८३ मा स्थानीय तहलाई प्रदान गर्ने अनुमानित अनुदानमा बाँकेका एक उपमहानगर, एक नगरपालिकासहित छ गाउँपालिकाले अनुमानित दुई अर्ब ४१ करोड ७४ करोड रूपियाँ अनुदान प्राप्त गर्ने भएका हुन् ।

आठ वटै स्थानीय तहले राजस्व बाँडफाँडतर्फ अनुमानित एक अर्ब १५ करोड आठ लाख रूपियाँ वित्तीय समानीकरणतर्फ अनुमानित एक अर्ब २६ करोड ६६ लाख रूपियाँ प्राप्त गर्नेछन् । आउँदो आर्थिक वर्ष २०८२-०८३ का लागि नेपाल सरकारबाट स्थानीय तहलाई हस्तान्तरण हुने न्यूनतम्, सुत्र र कार्य सम्पादनमा आधारित भई स्थानीय तहले वित्तीय समानीकरण अनुदान रकम प्राप्त गर्नेछन् ।

जस अन्तर्गत वित्तीय समानीकरणतर्फ नेपालगन्ज उपमहानगरपालिकाले २६ करोड ७९ लाख र कोहलपुर नगरपालिकाले १८ करोड ८२ लाख रुपियाँ प्राप्त गर्ने अनुमान गरिएको छ ।

गाउँपालिकाहरूमा राप्ती सोनारीले १७ करोड २१ लाख, बैजनाथले १५ करोड ४२ लाख, खजुराले १४ करोड ८६ लाख, जानकीले ११ करोड ४९ लाख, डुडुवाले ११ करोड २२ लाख र नरैनापुरले ११ करोड आठ लाख रूपियाँ प्राप्त गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२-०८३ का लागि नेपाल सरकारबाट स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँट बमोजिमको अनुमानित रकम प्रदान गरिनेछ। राजस्व बाँडफाँडतर्फ आगामी आवमा बाँकेमा सबैभन्दा धेरै रकम राप्ती सोनारी गाउँपालिकाले पाउनेछ । राप्ती सोनारीले २० करोड ३० लाख रूपियाँ राजस्व बाँडफाँडको रकम प्राप्त गर्ने अनुमान मन्त्रालयले गरेको छ ।

  • ८ बैशाख २०८२, सोमबार प्रकाशित

  • Nabintech