बाँके\भारतमा कोरोना बिरामीहरु बढ्दै गएपछि नेपालगन्जस्थित नेपाल–भारत नाका जमुनाहामा सतर्कता अपनाउन सुरु गरिएको छ ।
भारतबाट फर्किनेहरुमा कोरोना सङ्क्रमण देखिन थालेपछि नाकामा शङ्कास्पदहरुको कोरोना परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले नाकामा भारतबाट फर्किने नेपाली र नेपाल आउने भारतीयमाथि निगरानी बढाइएको जनाउँदै शङ्का लागेकाहरुको कोरोना परीक्षण सुरु गरिएको हो ।
त्यसै क्रममा भारतको देहरादुनबाट आएका बर्दियाका २६ वर्षीय महेशकुमार थारूमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ कार्यालय बाँकेले जनाएको छ ।