बाँके\ जेनजी आन्दोलनका कारण नेपालमा भएको घटना क्रमलाई मध्यनजर भारतले नेपाल भारत जमुनाहा सीमा नाका बन्द गरेको छ । यसअघि नाकामा निकै कडाइ गरेको भारतीय सुरक्षाकर्मीहरूले नेपालको अवस्था गम्भीर बन्दै गएपछि नाका बन्द गरेको जनाएका छन् ।
बुधबार बिहानैबाट नाकामा कसैलाई पनि आवागमन गर्न नदिइएको जनाउँदै बिरामी, एम्बुलेन्स तथा अन्य आपातकालीन अवस्थाका नेपाली नागरिकलाई मात्र भारत प्रवेश गर्न दिइएको भारत रुपैडिहास्थित भारतीय प्रहरी थानाका प्रमुख रमेशसिंह रावतले जानकारी गराए ।