बाँके\धानको उत्पत्ति र खेती चीनबाट शुरू भएको हो भन्ने कुरामा एकमत भए पनि कहिले भन्ने कुरामा मतैक्य छैन।
५००० देखि ७००० इसापूर्वतिर नै यसको अस्तित्व रहेको मानिन्छ। कतिपयले आजभन्दा करीब १२ हजार वर्षअघि चीनको याङ्जे नदीको उपत्यकामा यसको खेती भएको उल्लेख गरेका छन्।
सन् १९९६ मा डेभिड आर। ह्यारिसको सम्पादनमा प्रकाशित पुस्तक ुदी ओरिजिन एन्ड स्प्रिड अफ एग्रिकल्चर एन्ड पस्टोरेलिज्म इन यूरेसियाु का अनुसार धान खेती १३ हजार ५०० देखि ८ हजार ५०० वर्षअघि चीनमा भएको हो। चीनपछि भारतीय उपमहाद्वीपको गंगा मैदानमा यसको खेती फैलियो। विश्वमा उत्पादन हुने करीब ७५ प्रतिशत धान चीन र भारतले उत्पादन गर्छन्।
धान विश्वका ६० प्रतिशत मानिसको प्रमुख खाद्य बाली हो। एसियाका ९० प्रतिशत मानिसको खानाको मुख्य आधार धान नै हो। धान उत्पादन गर्ने प्रमुख मुलुकहरू चीन, भारत, इन्डोनेसिया, बाङ्लादेश हुन्। त्यसपछिको लहरमा जापान र पाकिस्तान पर्छन्। यूरोप, अफ्रिकी मुलुकहरू, उत्तर र दक्षिण अमेरिका, अस्ट्रेलियाका आंशिक स्थानहरूमा धान खेती हुन्छ।
नेपालका कुल ८ हजार ३८९ प्रजातिका धान (जर्मप्लाज्म) जिन बैंकमा सुरक्षित गरिएका छन्। जीवनशैलीको परिवर्तन तथा उत्पादन र उत्पादकत्व बढी भएका जातका विकास हुँदै गर्दा यी बीउ ओझेलमा परेका कारोबार अनलाइनले लेखेको छ।