२२ कार्तिक २०८२, शुक्रबार

३६ जना बालबन्दी पक्राउ
  • न्युज मानसराेवर

बाँके\जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधार गृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३६ जनालाई पक्राउ गरिएको छ ।

नौबस्स्ता बाल सुधार गृहका प्रमुख श्यामबहादुर रानाले दिनुभएको जानकारी अनुसार भदौ २४ गते राति प्रहरीसँग भिडन्त गरेर भागेका ७८ जना बालबन्दीमध्ये ३२ जनालाई बाँकेका विभिन्न स्थानबाट, तीन जनालाई चितवन र एक जनालाई काभ्रेबाट पक्राउ गरिएको हो ।

पक्राउ गरिएकामध्ये तीन जनालाई चितवन कारागार र एक जनालाई काभ्रे जिल्लाको कारगारमै राखिएको जानकारी गराए ।

बाल सुधार गृहबाट भागेका मध्ये ४२ जना अझैपनि फरार रहेको जनाउँदै सुधारगृहका प्रमुख रानाले उनिहरुको खोजी गर्ने कार्य प्रहरीले गरिरहेको जानकारी गराए ।

फरार भएका बालबन्दी लगायत सबै प्रकारका कैदीबन्दीहरूलाई बाल सुधार गृह र कारागारमा फर्किनका लागि गत असोज २० गतेसम्मको समयसीमा दिइएको थियो । सो समयसीमा पूरा भएको एक महिना नाघेपनि ४२ जना बालबन्दीहरु पक्राउ नपरेको नौबस्ता बाल सुधार गृहले जनाएको छ । हालसम्म पक्राउ नपरेकाहरूलाई कारागार ऐन अनुसार कारबाही हुने बताइएको छ ।

  • २२ कार्तिक २०८२, शुक्रबार प्रकाशित

  • Nabintech