बाँके बैजनाथ । पार्टी एकता जोगाउन आग्रह गर्दै नेकपा (एमाले)ले लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला संयोजकहरुले पनि अपील गरेका छन् । पार्टीभित्र विगत वर्षहरुदेखि आन्तरिक अन्तरविरोधहरु देखा परिरहेको र यसले पार्टीलाई क्षति र्पुयाइ रहेको भन्दै उनीहरुले एकतावद्ध एमालेका लागि आग्रह गरको छन्।
‘यो अन्तर संघर्षले पार्टीलाई क्षति पुर्याइरहेको हामीले महशुस गरिरहेका छौं,’ संयुक्त वक्तव्यमा भनिएको छ, ‘कम्युनिष्ट पार्टीको इतिहास, आदर्श, मुल्य मान्यता र जनताप्रतिको जवाहदेहितालाई आत्मसाथ गर्दै हाम्रा आदरणीय नेताहरुलाई एकतावद्ध भई नेकपा एमाले पार्टीलाई जोगाउन अनुरोध गर्दछौं।’
अहिले एकजुट हुन नसके इतिहासले कहिले पनि क्षमा नगर्ने उनीहरुको भनाइ छ । आजै गण्डकी प्रदेश अन्तर्गतका जिल्ला संयोजकहरुले पनि उस्तै आग्रह गरेको संयुक्त वक्तव्य जारी गरेका थिए। उनीहरुको बिज्ञप्तिमा भनिएको छ – ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी जिवन्त गतिशील पार्टी हो,’ शुक्रबार संयुक्त विज्ञप्ति निकाल्दै उनीहरूले भनेका छन्, ‘नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो । हाम्रो पार्टीभित्र विगत वर्षहरूदेखि आन्तरिक अन्तरविरोधहरू देखा परिरहेका छन् । यो अन्तरसंघर्षले पार्टीलाई क्षति पुर्याइरहेको हामीले महसुस गरिरहेका छौं ।













