कोहलपुर \मावन सेवाका निम्ति संचालमा ल्याइएको निल सागर कोहलपुरलाई निम्बल एकेडेमि कोहलपुरले आर्थिक सहयोग गरेको छ ।
आज एक कार्यक्रमका विच विद्यालय प्रशासन तथा कक्षा ९ र १० का विद्यार्थीहरुको सयुक्त पहलमा आर्थिक सहयोग गरिएको हो ।
नगर २२ हजार रुपैया मावन सेवाका निम्ति सहयोग गरिएको निम्बल एकेडेमि स्कुलका संस्थापक तथा प्रिन्सिपल रमेश केसीले बताए ।
उनले कक्षा ९ र १० का विद्यार्थी तथा विद्यालय प्रशासन बाट गरी नगद २२ हजार रुपैया सहयोग गरिएको बताए ।
भावि दिनहरुमा समेत यस्ता सहयोगहरु आश्रमलाई गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । कोहलपुर ,नेपालञ्ज तथा अन्य जिल्ला गरी करिब ७ सय सडक मानिसहरुलाई निल सागर सेवा आश्रमले सेवा उपलब्ध गराउदै आइरहेको छ ।
त्यसै गरी कक्षा १० का विद्यार्थीहरुलाई विदाई गरिएको छ।निम्बल एकेडेमि बाट एसइइ दिने विद्यार्थीहरुलाई एक कार्यक्रम गर्दै विदाइ गरिएको हो । उक्त विदाइ कार्यक्रममा कक्षा ९ का विद्यार्थी विद्यालय प्रशासन शिक्षक लगाएतको सहभागिता रहेको थियो ।











