कोहलपुर । कोहलपुर नगरपालिकाले प्रत्येक वर्ष एक जना बिद्यार्थीलाई एमबीबीएस पढाउने नीति तथा कार्यक्रम पारित गरेको छ ।
त्यसका लागि कोहलपुरमै रहेको शिक्षण अस्पताल कोहलपुरसंग समन्वय गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगरपालिका मेयर लुट बहादुर (एल्बी रावतले एमबीबीएस पढाईका लागि मेडिकल कलेजले कति छुट गर्न सक्ने बारे छलफल भइरहेको जानकारी गराएका छन् । (एल्बी) रावतका अनुसार मेडिकल कलेजले दिने छुट बाहेकको रकम कोलपुर नगरपालिकाले व्यहोर्ने छ ।
हरेक वर्ष उक्त कार्यक्रमलाई निरन्तरता दिने रावतले उल्लेख गरेका छन् । आफ्नै नगरपालिकामा मेडिकल कलजे भएपछि त्यसको फाईदा स्थानीय बिद्यार्थीहरुले लिन सकुन भन्ने उदेश्य अनुसार कार्यक्रम ल्याइएको हो, उनले भने ।