कोहलपुर। भि सी टि एस प्रणालीको माध्यमले देशभरिका आयात निर्यात कर्ता भन्सार एजेन्ट, ढुवानी व्यवसाय, उद्योग, वितरक, थोक विक्रेता लगाएतका सम्पुर्ण लाइ प्रत्यक्ष निगरानी राखेको राजश्व अनुसन्धान कार्यालय कोहलपुरले आर्थिक वर्ष २०७७\७८मा चार हजार एक सय दशको संख्यामा अनुगमन गरी ८३ वटा ढृुवानीकर्ता बाट २३ लाख २५ हजार जरिवाना असुल गरिएको छ ।
आर्थिक वर्ष २०७७।७८ मा राजश्व संकलन र धरौटी दाखिला बाट कूल १७ करोड ७७ लाख ३ हजार ६ सय २२ रुपैया ७ पैसा आम्दानी गरिएको छ भने ७ करोड ३७ लाख २३ हजार ८ सय ६३ रुपैया २१ पैसा धरौटी फिर्ता गरिएको राजश्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख अनुसन्धान अधिकृत सरोज कुमार पोख्रेलले जानकारी गराएका छन ।
गत आ.व मा राजस्व अनुसन्धान कार्यालय कोहलपुरले राजश्व संकलन मार्फत १ करोड ५१ लाख ५ हजार रुपैया र धरौटी दाखिला मार्फत ९ करोड ८३ लाख ७४ हजार ३८३ रुपैंया २५ पैसा गरी कुल ९ करोड ९८लाख ८९ हजार ३८३ रुपैंया ०६ पैसा बराबरको आम्दानी गरेको थियो भने १ करोड ७६ लाख ४३ हजार ६००रुपैंया २५ पैसा धरौटी र्फिता गरेको थियो ।
अनुसन्धान अधिकृत पोखे्रलले दिएको जानकारी अनुसार २०७६\७७को अ.ल्या उजुरी संख्या ३३,नयाँ उजुरी संख्या १७८ गरी कूल २११ उजरी मध्य यस आ.वमा १४६ उजुरी फछर्यौट गरिएको जानकारी गराए । आ.व ०७६\०७७ को तुलनामा १२.१२ प्रतिशतले कार्यसम्पादनमा वृद्धि भएको देखिन्छ। नेपाल सरकारले भि सी टिएस२०७६ साउन १ गते बाट लागु गरिएको हो। राजश्व अनुसन्धान कार्यालय कोहलपुरले साविक मध्यमश्चिम तथा सुदुरपश्चिमका २५ जिल्ला हेर्दै आइरहेको छ ।