१२ बैशाख २०८१, बुधबार

असोज २१ गते भर्ना भएका उनमा २२ गते कोरोना पुष्टि भएको थियो ।

  • न्युज मानसराेवर

बैजनाथ बाँके ,  बाँकेमा उपचारका क्रममा रुकुम पश्चिमका कोरोना संक्रमित एक पुरुषको शुक्रवार विहान मृत्यु भएको छ ।

चौरजहारी नगरपालिका वडा नम्बर १४ का ३३ बर्षीय पुरुषको नेपालगञ्ज मेकिडल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा विहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि असोज २१ गते भर्ना भएका उनमा २२ गते कोरोना पुष्टि भएको थियो । योसंगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका १३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

  • ३० आश्विन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech