२६ बैशाख २०८१, बुधबार

अध्यक्ष भिमलाल कडेंलले मनाए असहाय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा जन्मदिन

होटल व्यवसायी संघका अध्यक्ष तथा नेपालगञ्ज उद्योग वाणिज्य संघ सम्बद्ध सदस्य समेत रहेका कडेंलले विगतका वर्षदेखि समाजसेवामा अग्रसर हुदै आएका छन् ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ ,  धेरैजसोले आफ्नो जन्मदिन तडकभडक का साथ मनाउने गरेपनि होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कडेंलले भने हरेक वर्ष आफ्नो जन्मदिन समाजसेवा गरेर मनाउने गरेका  छन् ।

हरेक वर्षको असोज २९ गते आफ्नो जन्मदिन मनाउदै आएका कडेंले विगतका वर्ष झै यस वर्ष पनि नीलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा पुगी विपन्न बालबालिकालाई सहयोग गरेर मनाएका छन् ।

बिहिबार परेको आफ्नो जन्मदिनको खुसी पनि कडेंलले बाँकेको फुलटेक्र मा रहेको नीलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा मनाए । होटल व्यवसायी महासंघ लुम्विनी प्रदेशका अध्यक्ष भास्कर काफ्ले, होटल व्यवसायी संघ बाँकेका बरिष्ठ उपाध्यक्ष रामबहादुर लिम्बु र सल्लाहकार नारद पुरी सहित आश्रममा पुगेका कडेंलले त्यहाँका नवजात शिशु तथा बालबालिकाहरुलाई जाडोमा लगाउने कपडा, हिटर, चाउचाउ, चिउरा, भूजा, बिष्कुट लगायतका खाद्ययान्न वितरण गरेका छन् ।

साथिभाइहरुसंग तडकभडकका साथ फजुल खर्चगरि जन्मदिन मनाउने पैसाले नीलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा सम्मानका सथ सहयोग गर्न पाउँदा त्यहाँका बालबालिका तथा बृद्धाबृद्ध खुसी देखिन्थे ।

असहाय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा आफ्नो जन्मदिन मनाउन पाउँदा आत्म सन्तुष्टी प्राप्त हुने भएकाले आगामी दिनमा आफुले कमाएको केहि रकम समाजसेवाका लागि खर्च गर्ने अध्यक्ष कडेलले बताए ।

होटल व्यवसायी संघका अध्यक्ष तथा नेपालगञ्ज उद्योग वाणिज्य संघ सम्बद्ध सदस्य समेत रहेका कडेंलले विगतका वर्षदेखि समाजसेवामा अग्रसर हुदै आएका छन् ।

  • ३० आश्विन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech