१३ बैशाख २०८१, बिहीबार

बाँकेमा थप ७४ जनामा कोरोना संक्रमण फेला

परीक्षणमा २६ महिला र ४८ पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । 

  • न्युज मानसराेवर

बाँके बैजनाथ  बाँकेमा मंगलवार थप ७४ जनामा कोरोना भाइरस संक्रमण फेला परेका छन् ।

जिल्लाका तीनवटा प्रयोगशालामा गरीएको पीसीआर परीक्षणमा २६ महिला र ४८ पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा ५०, नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा १३ जना र कोहलपुरमै रहेको बागेश्वरी प्रयोगशालामा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै बाँकेमा कुल संक्रमितको संख्या २ हजार ८ सय ३ पुगेको छ । यस्तै मंगलवार विभिन्न अस्पताल, संस्थागत आइसोलेसन सेन्टर तथा होमआइसोलेसनबाट ६६ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या २ हजार १ सय ७५ पुगेको छ । भने सक्रिय कोरोना संक्रमित ६२८ रहेका छन ।अहिलेसम्म बाँकेका २९ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

  • ४ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech