१६ चैत्र २०८०, शुक्रबार

नेपालगञ्जमा १० जना करोडपति जुवाडेहरु पक्राउ
  • न्युज मानसराेवर

बाँके\ जिल्ला प्रहरी कार्यालय बाँकेले  मंगलबार राती नेपालगञ्जको बसपार्क क्षेत्रबाट १० जना करोडपति जुवाडेहरुलाई पक्राउ गरेको छ।

बाँकेमा खेल निस्तेज पार्न जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष अभियान सञ्चालन गरिएको अवस्थामा मंगलबार राति नेपालगञ्ज उप(महानगरपालिका वडा नं ४ बसपार्कमा एक निजी घरमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई रंगेहात पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा कैलालीको लम्की र नेपालगञ्जको कारकाँदोमा घर भई कैलालीमा प्राण घातक दीर्घ रोग को स्रोतको रुपमा रहेको मेगाश्री सुर्ती उत्पादन  कम्पनीका मालिक सन्तोस ओली मंगलबार राति पक्राउ परेका छन् ।

पक्राउ परेका वलीले यसअघि पनि प्राणघातक मेगाश्री सुर्तीमा करिब ५ करोड राजस्व हानी गरेको अभियोगमा छानबिन भइरहेकोमा सोर्स(फोर्सको आधारमा छुटेका थिए।
त्यसैगरी अर्का करोडपति जुवाडे पक्राउ पर्नेमा नेपालगञ्जको धम्बोजी स्थित काठमाडौँ बैंक नजिकै घर रहेका मुस्लिमका पुराना ठेकेदार रहमान मियाँ रहेका
छन ।
पक्राउ पर्नेमा धम्बोजीमा मौरी होटल सञ्चालन गर्दै आएका नवीन, नेपालगञ्ज बिपि चोकमा रेष्टुरेन्ट लगायतको व्यापार गर्दै आएका तरुण गौतम, नेपालगञ्ज रामबाग सुदीप राणा लगायत का १० जना व्यक्तिहरू पक्राउ परेका छन्।

पक्राउ परेका अन्य व्यक्तिहरूको प्रहरीले घेरा हाली छापा मार्नेक्रममा रातिको समयमा अन्धाधुन्दा भाग्ने क्रममा केही व्यक्तिको खुट्टाहरू समेत भाँचिएकोले उपचारको निम्ति अस्पताल लगिएको स्थानीय बासिन्दाहरूले जानकारी दिनुभएको छ।

पक्राउ परेका प्राय सबै व्यक्तिहरु करोडपति भएकोले पैसाको चलखेल बाट छुट्ने सम्भावना कम देखेपछि राजनीतिक शक्ति दौडधूपमा लागेको जुवाडे छुटाउने कार्यमा लागेका व्यक्तिहरुले समेत जानकारी दिनुभएको छ।
उक्त जुवाडे पक्राउ  सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख उपरीक्षक ओम राना मगरका अनुसार पक्राउ परेका जुवाडेहरूको विषयमा आवश्यक थप अनुसन्धानका लागि कानूनी सहायता कक्षबाट बयान तथा अन्य अनुसन्धान भइरहेको जानकारी गराए ।

  • १३ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech