११ बैशाख २०८१, मंगलवार

मखमली मौसम [फोटोफिचर]
  • न्युज मानसराेवर

भक्तपुर — भक्तपुरको गुण्डुमा तिहारका लागि मखमली फूल टिप्न र माला उन्न स्थानीय महिलाहरुलाई यतिबेला भ्याइनभ्याइ छ । काठमाडौं, ललितपुर र स्थानीय व्यापारीहरु मखमली फूलको माला हेर्दै मोलमोलाइ गर्न ब्यस्त देखिन्थे ।

गुन्डुमा वर्षेनी मखमली फूलको खेती गरिँदै आएको छ ।मखमली फूललाई तिहारको विशेष प्रतीकका रुपमा लिइन्छ ।

२० वर्षदेखि ब्यावसायिक रुपमा मखमली फूलको खेती गर्दै आएकी कमला बस्नेत राम्रो दाम आएको समयमा एक रोपनी जग्गाबाट वार्षिक करिब १ लाखसम्म आम्दानी गर्न सकिने बताउँछिन् ।

कान्तिपुर

  • १८ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech