१२ बैशाख २०८१, बुधबार

उपमेयर मगर कोरोना मुक्त
  • न्युज मानसराेवर

बाँके बैजनाथ \नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर कोरोना मुक्त भएकी छन ।

उपमेयर थापामगर कोरोना संक्रमित भएको आज २२ औं दिनमा संक्रमणमुक्त भएर कार्यालयको काममा फर्किसकेकी छन ।

गत असोज २७ गते उनलाई कोरोना संक्रमण देखिएको थियो । संक्रमित भए पश्चात् उनि आफ्नै निवासमा होम आइसोलेसनमा बसेकी थिईन ।

संक्रमित भएको १० दिनपछि परिक्षण गराउँदा उनको पुन: पोजेटिभ रिपोर्ट आएको थियो । तत्पश्चात हिजो २१ औं दिनमा परिक्षण गराउँदा नेगेटिभ रिपोर्ट आएको उनले बताईन ।

‘कोरोना संक्रमण भएपछि म होम आइसोलेसनमै बसेको थिएँ, १० दिनपछि परिक्षण गराउँदा मेरो पुन: पोजेटिभ रिपोर्ट आयो । त्यसपछि, हिंजो २१ औं दिनमा परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि म आजबाट कार्यालयको काममा फर्किसकेको छु ।’  उपमेयर थापामगरले भनिन ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा गत असोज २७ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

उप-मेयर थापामगर बाँकेमा शुरु देखिनै भारतबाट नेपाल भित्रिएका नागरिकको व्यवस्थापनका साथै कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रभागमा खटिएर काम गर्दै आएकी थिइन ।

  • १८ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • Nabintech