८ बैशाख २०८१, शनिबार

बाँकेमा शुक्रवार ४४ जना कोरोनामुक्त
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेमा शुक्रवार ४४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १८ पुरुष र २६ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार २ सय ३८ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

हालसम्म ३ हजार ५ सय २२ जनामा संक्रमण देखिएको छ भने कोरोनाबाट निको हुने दर ९१ दशमलव ९४ प्रतिशत रहेको छ ।

अब आइसोलेशनमा बाँकेका २ सय ४८ र अन्य जिल्लाका २५ गरी २ सय ७३ जना छन् । कोरोनाका कारण बाँकेमा ३५ जनाको मृत्युु भइसकेको छ ।

  • २८ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech