१३ बैशाख २०८१, बिहीबार

राष्ट्रिय भिटामिन ए कार्यक्रमको तयारी पुराःशाही

राष्ट्रिय भिटामिन ए कार्यक्रम आगामी मंसिर ११ र १२ गते सञ्चालन गरिने

  • रबि रोकाया

बाँके बैजनाथ ।  राष्ट्रिय भिटामिन ए कार्यक्रम आगामी मंसिर ११ र १२ गते सञ्चालन गरिने भएको छ ।   कार्यक्रमलाई प्रभावकारी बनाउन सबै गृहकार्य सम्पन गरिएको  बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखा प्रमख लक्षमण शाहिले  मंसिर ११ र १२ गते भिटामित ए र  जुकाको औषधि खुवाउने कार्यक्रम  प्रभावकारी बनाउन  तयारी पुरा भएको जानकारी  दिएका हुन् ।  यसअघि कार्तिक २ र ३ गते यो  कार्यक्रम तय गरिएको थियो ।

स्वास्थ्य शाखा प्रमख लक्षमण  शाहिले भने,‘नियमित कार्यक्रम अन्र्तगत हरेक वर्ष वैशाख र कार्तिकमा भिटामिन ए खुवाउने कार्यक्रम हो तर कोरोना महामारीका कारण वैशाखमा हुन नसकेकोपछि एक महिना ढिला भयो । ६ महिनाको अन्तरमा खुवाउनुपर्ने भएकाले समय मिलाउन मंसिरमा समय तोकिएको हो।’

६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा  खुवाइने  कार्यक्रम बैजनाथ स्वास्य शाखाको   छ ।

शाखाले कोभिड १९ संक्रमण लाई मध्य नजर गर्दै सुरक्षाकर्मी ,महिला स्वास्थ्य स्यम सेविका स्वास्थ्य यूनिट ,जनप्रतिनिधि , स्यानीय राजनितिक दल , समाजसेवि , सबैलाई परिचालित  हुने छन् , शाहिले भने ।  शाखाले  बैजनाथ गाउँपालिका वडा न १ देखी ८ सम्म  भिटामिन ए ६ हजार १ सय ९८ बालबालिका खुवाउने लक्ष्य रहेका  राखेको छ भने  ५ हजार ५ सय ४ जना बालबालिकाहरु लाई जुका को औषधि खावाउने लक्ष्य  लिएको  छ ।

परिवार कल्याण महाशाखाका अनुसार देशभरका  २७ लाख बालबालिकालाई भिटामिन ए, ६ लाख बालबालिकालाई बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि  खुवाइने छ।

  • ४ मंसिर २०७७, बिहीबार प्रकाशित

  • Nabintech