८ बैशाख २०८१, शनिबार

कहरमा बालबालिका

जबर्जस्ती करणी, बेकसुर हत्या र मानव बेचबिखनमा परिरहेछन् बालबालिका : प्रतिवेदन

  • न्युज मानसराेवर

काठमाडौँ — समाज कोरोना संक्रमणको त्रासमा रहँदा बालबालिका विभिन्न अपराधका घटनामा पीडित हुने क्रम घटेको छैन । आर्थिक वर्ष २०७६र७७ मा १ हजार ३ सय ९३ जना बालिकाहरू जबर्जस्ती करणीका घटनाबाट पीडित भएका छन् । २५ बालिका सामूहिक बलात्कारमा परेका छन् । राष्ट्रिय बाल अधिकार परिषद्ले सार्वजनिक गरेको नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन २०७७ ले यो तथ्यांक सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा जबर्जस्ती करणीका यस्ता घटनामध्ये १० वर्षमुनिका २७२ जना, ११–१६ वर्षसम्मका ८०१ जना र १७–१८ वर्षका ३ सय १९ जना बालिका जबर्जस्ती करणी अपराधको सिकार भएको उल्लेख छ । परिषद्ले नै सार्वजनिक गरेको अघिल्लो प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५र७६ को रिपोर्टअनुसार यो संख्या २७ ले कम हो । अघिल्लो आर्थिक वर्ष १ हजार ४ सय २० बालिकामाथि जबर्जस्ती करणीका घटना भएका थिए ।

आर्थिक वर्ष २०७६र७७ मा जबर्जस्ती करणी उद्योगबाट २ सय ३४ जना बालिका पीडित भएको पनि परिषद्को रिपोर्टमा उल्लेख छ । जसमा पीडित बालिकामध्ये १० वर्षमुनिका ५८ जना, ११–१६ वर्ष उमेर समूहका १९९ जना र १७–१८ वर्षका ६७ जना छन् ।

अघिल्लो अर्थिक वर्ष २०७५र७६ मा बालबालिका माथि हुने जबर्जस्ती करणी उद्योगबाट ३ सय ९९ बालिका पीडित भएका थिए । परिषद्ले देशभरका सञ्चारमाध्यममा आउने बालबालिकासम्बन्धी समाचारहरूको अध्ययन गरेर आर्थिक बर्ष २०७६र७७ मा मा ३ सय १८ जना बालिका र ५ बालकसहित ३ सय २३ जना बालबालिका यौन दुव्यर्वहारमा परेको तथ्यांक पनि सार्वजनिक गरेको छ ।

जसमध्ये ५ जना बालक विदेशी नागरिकबाट यौन दुर्व्यवहारमा परेका छन् । ३ सय १८ जना बालिका आफन्त र चिनजानकै व्यक्तिहरूबाटै यौन दुर्व्यवहार तथा बलात्कारबाट पीडित भएको रिपोर्टले उल्लेख गरेको छ । चालु आर्थिक वर्ष ३ सय २३ जना बालबालिका ९३१८ जना बालिका र ५ जना बालक० यौन दुर्व्यवहारबाट पीडित भएको घटना विभिन्न सञ्चारमाध्यमबाट प्रकाशमा आएको छ ।

घटनामध्ये २५ बालिका सामूहिक बलात्कारमा परेका छन् । प्रतिवेदनले प्रहरी प्रधान कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयलाई उद्धत गर्दै आर्थिक वर्ष २०७६र७७ मा मानव बेचबिखन तथा ओसारपसारको अपराधबाट ७५ जना बालबालिका पीडित भएको उल्लेख गरेको छ । प्रतिवेदनले यस्ता घटनाबाट बालक भन्दा धेरै बालिका अति बढी प्रभावित बनिरहेको पनि उल्लेख गरेको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्मा अध्यावधिक गरिएको आधारमा आर्थिक वर्ष २०७६र७७ मा ४५ वटा जिल्लामा सञ्चालनमा रहेका जम्मा ४ सय ८९ वटा बालगृहहरूमा ११ हजार ३ सय ५० जना बालबालिका ९बालक ५ हजार १ सय ९४ र बालिका ६ हजार १ सय ५६० संरक्षणमा रहेको देखिन्छ । बालगृहहरूमा रहेका उक्त बालबालिकाबाहेक कोभिड–१९ को संक्रमणको अवधिमा २ हजार ५७ जना बालबालिकालाई घर पठाइएको र बालगृहहरूबाट ३ सय ४३ जना बालबालिकालाई परिवारमा पुनः एकीकरण गरिएको थियो ।

परिषद्ले आर्थिक वर्ष २०७६र७७ मापदण्ड नपुर्‍याई सञ्चालनमा रहेका १४ वटा बालगृहको अनुगमन गरेको थियो । जसमा ८ वटा बालगृहलाई मापदण्डबमोजिम सञ्चालन गर्न सचेत गराएको थियो भने अन्य ६ बालगृहबाट ५५ जना बालबालिका उद्धार गरी ५२ जनालाई परिवारमा पुनः एकीकरण र ३ जनालाई अस्थायी संरक्षणमा राख्ने व्यवस्था गरेको छ ।

कोभिड संक्रमणको जोखिमका कारण परिषद्ले बाल बिज्याइको कसुरपछि देशभरका विभिन्न ८ बाल सुधारगृहमा रहेका १ हजार ५३ मध्ये ३ सय ५२ जनालाई बाँकी कसुर मिनाहा गरी घर पठाइएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा बालबालिका हराएको घटनामा केही कमी आएको उल्लेख गरेको छ । अघिल्लो वर्षमा जस्तै आव २०७६र७७ मा पनि हराउनेहरूमध्ये बालिकाहरूको संख्या उल्लेख्य छ ।

परिषद्का अनुसार हराउनेमध्ये १५ देखि १८ वर्ष उमेर समूहका बालिकाहरूको संख्या ८०।३८ रहेको छ । आव २०७६र७७ मा विभिन्न कारणले ५७ बालबालिकाको बेकसुर हत्या भएको छ । जसमा बुबाआमाले आफ्ना १७ बालबालिकाको हत्या गरी आत्महत्या गरेका छन् भने अवैध सम्बन्धका कारण १२ जना, अपहरणपछि ३ जना, बलात्कारपछि ३ जना, पारिवारिक रिसइबीले ९ जना र सौतेनी आमा वा बुबाले १४ जना रहेको छ । हत्या भएका बालबालिकामध्ये बालक २०, बालिका २९ र शिशु ८ छन् । कान्तिपुर

  • ७ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech