१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओली आज घुन्सामा
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  ताप्लेजुङको घुन्सा भन्ने वित्तिकै २३ सेप्टेम्बर २००६ को घटना जोडिन्छ । जहाँ नेपालका एक मन्त्री सहित बातावरण संरक्षणका हस्तीहरुको एक हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । नेपालका प्रख्यात बातावरणविद् डा. हर्क गुरुङसहित २३ जनाको उक्त घटनामा ज्यान गएको थियो ।

आज प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको हिमाली गाउँ घुन्सा पुगेका छन् । घुन्सा फाउण्डेसनले निर्माण गरेको सामुदायिक स्वास्थ्य इकाईको उद्घाटनका लागि सोमबार घुन्सा आएका हुन् ।

घुन्सावासीले ओलीलाई स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीसँग संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ, पर्यटनमन्त्री योगेश भट्टराई, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि गएका थिए ।

घुन्सा आउनुअघि प्रधानमन्त्री ओलीले उत्तरी चीनसँगको सिमानाका ओलाङ्चुङ गो ला र त्यहाँ केही समयअघि स्थापना गरिएको बोर्डर आउट पोष्ट बाओपी को हवाई निरीक्षण गरेका थिए ।

घुन्सा कञ्चनजंघा हिमालको काखमा रहेको हिमाली बस्ती हो । घुन्सापछि प्रधानमन्त्री ओलीको टोली इलाम गएका छन् । इलाममा प्रधानमन्त्री ओलीले सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम रहेको बताइएको छ । तस्बिरः सिताराम गुरागाई

  • ८ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech