१५ बैशाख २०८१, शनिबार

बेवारिसे शव जलाउने नेपाली छोरी सपना ‘विश्वको प्रभावशाली महिला’को सूचीमा !
  • न्युज मानसराेवर

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको १०० जना प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा रोकाले स्थान बनाएकी हुन् ।

उक्त सूचीमा विभिन्न शक्तिशाली देशका राजनीतिज्ञ, हलिउड फिल्मस्टार तथा चर्चित वैज्ञानिकहरु रहेका छन् । उक्त सूचीमा नेपालको म्याग्दीमा जन्मिएकी सपनाले पनि स्थान बनाएकी हुन् ।

उनी ४ वर्षअघि काठमाडौं आएकी थिइन् । खालीहात काठमाडौं आएकी सपनाले त्यसलगत्तै बेवारिसे शव व्यवस्थापनका कार्यरत गैरसरकारी संस्थामा संलग्न भएर स्वयंसेवा सुरु गरेकी बिबिसीले उल्लेख गरेको छ ।

  • ९ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech