१२ बैशाख २०८१, बुधबार

बैजनाथ ५ मा उपहार प्रदान
  • सिता जैशी

बाँके बैजनाथ । बैजनाथ गाउँपालिका वडा नं ५ मा बाख्रा उपहार प्रदान गरिएको छ ।  बैजनाथ गाउँपालिका र हेफर प्रोजेक्ट नेपाल  \ उत्पीडित सामुदायिक विकास केन्द्रको साझेदारिमा संचालित साना किसान उद्यमी सुदृढिकरण परियोजना अन्र्तगत गठन भएका उपहार समूहमा आवद्ध महिला सदस्यलाई शुक्रबार बाख्रा  उपहार प्रदान गरिएको   हो ।

वडा नं ५ का वडा अध्यक्ष मन बाहदुर खत्रीले २२ जना समुहमा आवद्ध सदस्यहरुलाई संख्या २ का दरले ४४ बाख्रा २ विउ बोका  हस्तान्तरण गरे ।

समुहमा आवद्ध  महिला सदस्यहरुले  वास्तविक आवश्यकताका आधारमा  उपहार प्रदानका लागि समुहमा आवद्ध सदस्यहरुलाई  स्वयं छनोट गरेका थिए ।

बाख्रा उपहार कार्यक्रमा बोल्दै  अध्यक्ष  खत्रिले  विशेष गरि  कार्यक्रमले पछाडि परेका र पारिएका साना किसानलाई एकतृत गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने हुँदा समूहलाई सामाजिक उद्यमी सहकारी मार्फत त्यस दिशातर्फ लौजाने योजना रहेको बताए ।

अव वडा नं ५ मा    ५ महिला सदस्यले १० बाख्रा र १ विउ बोका प्राप्त गर्न बाँकी रहेको र आउने हप्ता भित्र  उहाँहरुले  प्राप्त गर्ने सामाजिक सहजकर्ता अन्जु चौधरीले जानकारी गराईन् ।  परियोजना बैजनााथ गाउँपालिका वडा न १ देखी ५ सम्म संचालन रहेको छ ।

 

  • १२ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech