१२ बैशाख २०८१, बुधबार

नेकपाका नेता भुषालको श्रद्धाञ्जली सभा सम्पन्न
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा बाँकेका जिल्ला कमिटी सदस्य चन्द्र भुषालको १३ औं पुन्य तिथीका अवसरमा श्रद्धाञ्जली सभा गरिएको छ ।
कोहलपुर २ तिनघरुवा चोकमा नेकपा बाँकेद्धारा आयोजित कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य महेश्वर गहतराज अथकले बाँके जिल्लाको कम्युनिष्ट आन्दोलनमा भुषालको योगदान उल्लेखनिय रहेको बताए ।
श्रद्धाञ्जली सभामा चन्द्र भुषालका दाजु नेकपा लुम्विनी प्रदेश कमिटी सदस्य प्रेम भुषालले चन्द्र भुषालका राजनैतिक जिवनको चर्चा गरेका थिए । भुषाल भारतमा रहदा कम्युनिष्ट पार्टीको सदस्यता लिएर जिवनको अत्य सम्म निरन्तर कम्युष्टि पार्टीमा रहेर काम गरेको बताएका थिए । नेकपा बाँके क्षेत्र नं १ संयोजक सुर्य ढकालले चन्द्र भुषालको अल्प आयुमा निधनले नेकपा लाई अपुरणीय क्षति पुगेको बताए ।

  • १३ मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech