८ बैशाख २०८१, शनिबार

होमस्टे सन्चालकलाई व्यवस्थापन सम्बन्धी प्रशिक्षण
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  लुम्विनी प्रदेशका होमस्टे सन्चालकहरुलाई व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिइएको छ । गाभर भ्यालीमा आयोजित प्रशिक्षण कार्यक्रम प्रदेश सरकारको सहयोगमा सन्चालन भएको थियो ।

ग्रामिण पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण योगदान पुर्याएका होमस्टे सन्चालकलाई व्यवस्थापनका विषयमा जानकारी गराउँनु ज्यादै सान्र्दभिक भएको बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले बताए ।  प्रशिक्षणको उद्घाटन रुचालले गरेका थिए । तालिमको प्रमुख प्रशिक्षकमा तिलक ढकाल रहेका छन् ।

कार्यक्रममा होमस्टे एशोशीएशन नेपालका केन्द्रीय सचिव कृष्ण लाल चौधरी लगायतको सहभागिता रहेको थियो । चौधरीले प्रशिक्षणले होमस्टे सन्चालकलाई व्यवस्थापनमा पोख्त बनाउन सहयोगी सावित हुने बताए ।

  • १८ मंसिर २०७७, बिहीबार प्रकाशित

  • Nabintech