१२ बैशाख २०८१, बुधबार

नरैनापुरबाट ठूलो परिमाणमा गाँजा बरामद
  • न्युज मानसराेवर

(बाँके) : प्रहरीले नरैनापुर गाउँपालिकाबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । नरैनापुर गाउँपालिका वडा नं. ४ जयराम पुर्वाका धनिराम यादवको घरबाट प्रहरीले ठूलो परिमाण गाँजा बरामद गरेको हो ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भोजभगवानपुरबाट गएको प्रहरी टोलीले यादवको घर खानतलासी गर्दा २५ किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । यादवले घरमै गोदाम बनाएर गाँजा राखेका थिए ।

  • १८ मंसिर २०७७, बिहीबार प्रकाशित

  • Nabintech