१५ चैत्र २०८०, बिहीबार

सामुहिक कृषि खेति तर्फ बैजनाथका युवाहरु

पवित्रा परियार

  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेको बैजनाथ ४ का युवाहरु सामुहिक कृषि खेति गर्न थालेका छन । स्थानीय  ८ जना युवाहरुको समुहले  बिकास नगरमा ब्यबसायिक रुपमा युवा स्वरोजगार कृषि तथा पशुपंक्षी फार्म सन्चालनमा ल्याएका हुन् ।

 

नयाँ कृषि प्रणलीद्धारा कृषि क्रान्ति गरी, समृद्ध राष्ट बनाउने हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ स्थानीय  शिक्षीत युवाशक्ति लाई बाहिरी देश पलायन हुन बाट रोक्नका लागी कृषि क्षेत्रमा  सम्भावनाहरू खाेजेका छाैँ ,फर्मका अध्यक्ष गगन थारुले भने ।

थारुले  हाल  १० लाखको लागतबाट स्थापना गरीएको फार्म सन्चालनको गुरुयोजना भने ९२ लाख सम्म  रहेकाे छ  बताए ।

 

बिकास नगर कृषि क्षेत्रका लागी उर्बर उच्च भुभाग तथा पानी नजम्ने उपयुक्र स्थान  भएका कारणा हाल  ५ बिगाह जमिन १० बर्षका लागी लिजमा फर्म सन्चालन गरिएको   संचालकद्धय मदन चौधरीले  जानकारी गराए ।   यहाँका सबै युवाहरु वैदेशिक रोजगारीमा जानुहुन्छ तर अब हामीहरुले आफु स्वरोजगार भई अरुलाई पनि रोजगार  दिने उदेश्य लिएका छौ,मदनले हर्षित हुदै भने ।

हिउदे बालि संगै तरकारी खेति बाट  ३ सय क्यन्टल आलु फलाउने लक्ष्य फार्म  योजना छ ।

तरकारी खेति संगै फार्म सुरु गरेका  युवाहरूकाे तत्कालै कृषि बाली संकलन केन्द्र स्थापना गर्ने लक्ष्य रहेको छ ।  लोकल पशुपंक्षी पनि पालन गर्ने योजना फर्म संचालकहरुको रहेको छ । जिबिको पार्जन संगैजिबन उन्नती गर्नका लागी सन्चालन गरीएको फर्ममा अहिले ढाई बिघा जिमिनमा टि.पि. एस पद्धतिबाट उत्पादित आलु, डेढ बिघा मा लसुन,प्याज , १५ कठा क्षेत्रफलमा गहुँ र बाँकी क्षेत्रफलमा केराउ,बोर्डी तथा घयुसिमी खेति गरीएको छ ।

  • २२ मंसिर २०७७, सोमबार प्रकाशित

  • Nabintech