११ बैशाख २०८१, मंगलवार

प्रधानमन्त्री ओलीलाई शोक, मन्त्रीपरिषद बैठक स्थगित
  • न्युज मानसराेवर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शोक परेको छ । प्रधानमन्त्री ओलीको ठूली आमाको निधन भएको छ । ओलीलाई शोक परेका कारण सोमबार बस्न लागेको मन्त्रिपरिषदको नियमित बैठक स्थगित भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीकी ठूलीआमाको निधन भएपछि सोमवारको बैठक रोकिएको एक मन्त्रीले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद् बैठकमा सहभागी हुन अधिकांश मन्त्रीहरु बालुवाटार पुगिसके पछि प्रधानमन्त्रीलाई ठूली आमाको निधन भएको खबर आएको थियो । बैठक रोकिएपछि उनीहरु बालुवाटारबाट बाहिरिएका छन्। आज स्थगित गरिएको बैठक मंगलबार बिहान ८ बजे बस्ने ती मन्त्रीले जानकारी दिए।नेपाल लाइभ

  • २३ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech