६ बैशाख २०८१, बिहीबार

सर्वदलीय बैठक सुरु, संविधान विरोधीविरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आह्वान
  • न्युज मानसराेवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आहृवानमा सर्वदलीय बैठक सुरु भएको छ ।

बालुवाटारमा सुरु भएको बैठकमा सहभागी नेताहरुलाई छलफल गर्दै प्रधानमन्त्री ओलीले कोभिड-१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन आग्रह गरेका छन् ।

संसदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता छ ।

यसअघि गएको वैशाख ३१ मा सर्वदलीय बैठक बसेको थियो । त्यसबेला नेपाली भूमि मिचेर भारतले चीनसँग जोड्ने सडक निर्माण गरेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए ।अनलाइन खबर

  • २३ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech