१४ बैशाख २०८१, शुक्रबार

विप्लव नेकपाद्वारा शिक्षकको गोली हानी हत्या
  • न्युज मानसराेवर

काठमाडौं–मोरङमा एक शिक्षकको गोली हानी हत्या गरिएको छ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले ले शिक्षकको गोली हानी हत्या गरेका हुन्।

मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको विप्लवका कार्यकर्ताले गोली हानी हत्या गरेको प्रदेश–१ का डिआइजी इश्वरबाबु कार्कीले जानकारी दिए।

श्रेष्ठकाे मंगलबार बिहान हत्या भएको हो। हत्याको कारण भने खुलिसकेको छैन। हत्या गरिएका शिक्षक सरस्वती आधारभूत  विद्यालयका प्रधानाध्यापक हुन्। अहिले घटनास्थलतर्फ प्रहरी गइसकेको छ । नेपाल लाइभ

  • २३ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech