१५ चैत्र २०८०, बिहीबार

आज बाँकेमा ८ कोरोनाका संक्रमित थपिए
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेमा कोरोना संक्रमणको दर घट्दै गएको छ । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेको तथ्याङ्क अनुसार केहि दिनयता संक्रमितको सँख्यामा कमी आएको हो ।

केन्द्रका अनुसार आईतबार बाँकेका ८ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ३ महिला र ५ जना पुरुषमा संक्रमण देखिएको हो ।

भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरीएको परिक्षणमा जिल्लाभित्रका २ र जिल्ला बाहिरका ८ जजा, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्यावमा गरिएको परिक्षणमा जिल्लाभित्रका ४ र जिल्ला बाहिरका १० जना तथा वागेश्वरी पोलिक्लिनिक ल्यावको प्रयोगशालामा गरिएको परिक्षणमा जिल्लाभित्रका २ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै बाँकेमा कोरोना संक्रमित हुनेको सँख्या ४१६३ पुगेको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेद्धारा जारी विवरणमा उल्लेख गरिएको छ ।
यसअघि आजै कोरोना संक्रमणमुक्त हुँदै बाँकेबाट २८ जना डिस्चार्ज भएका थिए । बाँकेमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ९६४ पुगेको छ ।

  • २८ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech