७ बैशाख २०८१, शुक्रबार

बाँकेमा सञ्चालनमा ल्याइयो सामुदायिक पाउना घर( होमस्टे)
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेमा गाभर भ्याली सामुदायिक  पाउना घर (होमस्टे) पछि चौथो सामुदायिक होमस्टेकोरुपमा बालापुर सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.२ बालापुरमा ५ वटा घरमा उक्त होमस्टे सञ्चालन आएको हो ।  खस र ब्राहमण समुदायमा आधारित होमस्टेमा रुकुमेली संस्कार र सँस्कृतिको अध्ययन तथा अवलोकन गर्न पाइने छ ।

आइतवारबाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बालापुरमा एक कार्यक्रमकाको आयोजना गरी  होमस्टेको उद्घाटन गरिएको थियो ।

उत्घाटन कार्यक्रममा प्रमुख अथिती  संघीय साँसद महेश्वर गहतराज अथकले जैविक विविधताको भण्डारमा होमस्टे आरम्भ गरिएकोले पर्यापर्यटन प्रर्वद्धनका लागि होमस्टेले अगुवाई गर्नु पर्ने बताएका छन् ।

बाघ पर्यटनको सम्भावना बोकेको बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन गतिबिधि बढीरहेको छ ,भने स्थानीय पाउना घर (होमस्टे) संचालनले आन्तरिक पर्यटन प्रवर्दन सगै आर्थिक रुपान्तरण समेत भइरहेको छ ।

 

  • २८ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech